प्रतिस्पर्धा मिचेको आरोपमा बेलायतमा एप्पल विरुद्ध अनुसन्धान

लन्डन (बेलायत) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंक बेलायतमा अनुसन्धानको घेरामा आएको छ ।

बजारमा प्रतिस्पर्धा मिचेको आशंका बिहीवारदेखि बेलायतको प्रतिस्पर्धा नियामकले कम्पनीमाथि अनुसन्धान थालेको हो । कम्पनीको एप स्टोरबारे सफ्टवेयर विकासकर्ताहरुले गरेको गुनासोमाथि अनुसन्धान गरिने प्रतिस्पर्धा तथा बजार नियामकले बताएको हो ।

 

कम्पनीले विकासकर्ताहरुलाई यसको आईओएस स्मार्टफोन प्लेटफर्ममार्फत मात्रै आईफोन र आईप्याड एपहरु रिलिज गर्न दिन्छ । कम्पनीको अनुमति दिने प्रक्रिया कठिन छ । इन–एप कारोबारमा ३० प्रतिशतसम्म शुल्क लगाउने गरेको भन्दै यसले आलोचनाको समेत सामना गर्दै आएको छ । एजेन्सी