नयाँ वर्षमा स्याङखुदीमा विशेष मेला हुने

पोखरा । पोखरा महानगरपालिका २८ स्याङखुदीमा नयाँ वर्षको अवसरमा विशेष मेला हुने भएको छ ।

 

स्थानिय श्री नवजागरण यूवा क्लवले आन्तरिक तथा बाहय पर्यटनको प्रबद्धन, खेलकुदको बिकास, लोपन्मुख संस्कृतिको संरक्षण गर्न चैत ३१ देखि बैशाख २ गतेसम्म मेला सञ्चालन गर्ने भएको छ ।  पोखरा महानगरपालिका २८ स्याङखुदी बेगनास ताल नजिकै सगै जोडिएर रहेको भए पनि ओझेलमा परेकोले स्याङखुदीको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्यय पर्यटकहरु भित्रयाउनको लागी नव वर्ष विशेष कार्यक्रम राखिएको क्लवका सल्लाहकार गणेश लामिछानेले बताए । कार्यक्रम आन्तरिक तथा बाह्यि पर्यटकहरुलाई मनोरन्जन दिलाउने भएको सल्लाहकार लामिछानेले बताए ।

 

उक्त मेलामा स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको विक्री तथा प्रदर्शनी, रनीङ शिल्ड खुल्ला भलिवल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता,खुल्ला ठेलो हान्ने प्रतियोगिता,भाले सामाउने प्रतियोगिता,आमा समुह विचको रत्यौली गीत प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता,बाल प्रतिभा प्रस्फुटन प्रतियोगिता हुने भएको छ ।
मेलामा एक लाख दर्शक भित्राउने लक्ष्य राखिएको छ । भलिबल प्रतियोगीतामा विजेतालाई ३५ हजार, उपविजेतालाई २० हजार पुरस्कार प्रदान गरिने भएको आयोजकले जानकारी दिएका छन् ।