सम्मर बहादुर बुढाथोकीद्वारा क्षेत्रीय संयोजकको लागी उम्मेदवारी ।

नेपालय
न्युयोर्क

एनआरएनए अमेरिकाको न्युजर्सी च्याप्टरमा बसी लामो समय सम्म काम गरेका सम्मरबहादुर बुढाथोकीद्वारा उत्तर क्षेत्रको क्षेत्रीय संयोजकको लागी उम्मेदवारी दिएका छन् ।
न्युयोर्क होस या न्युजर्सीका मा भएका विभिन्न कार्यक्रम उतिकै सक्रिय भूमिका खेल्दै आएका र एनआरएनए न्युजर्सी च्याप्टरमा २०१५ देखी विभिन्न पदमा बसी कार्य गर्दे आएका समर बहादुर बुढाथोकी वर्तमान न्युजर्सी च्याप्टरको अध्यक्षमा रही काम गरेका छन् । २०१५ देखी २०१७ सम्म वरिष्ठ उपाध्यक्ष र त्यस पछि २०१७ देखी हाल सम्म दुई कार्यकाल अध्यक्षमा बसी काम गर्दे आएका छन् ।

न्युयजर्सी राज्यमा एनआरएनएलाई चलायमान बनाउन सक्रिय भूमिका खेलेका बुढाथोकी कोरोनाले सताई रहेको यो अबस्धामा कोरोनाबाट प्रभावित व्यक्तिहरूलाई सहयोग गर्दे कोठा कोठामा पुगे उनले आफ्नो ज्यानलाई खतरा मोलेर भए पनि न्युजर्सी एरियामा राम्रो अर्थात् प्रभाकारी भूमिका खेले । तर कोरोना पीडितलाई सहयोग गर्दा गर्दे आफै पनि कोरोनाबाट पीडित भएर बस्नु परेको तितो यर्थाथ पनि छ ।

उनी अमेरिकामा रहेका नेपालीहरूलाई मात्र सहयोगी गर्देनन उनले नेपालमा भएका हरेका दुःख पिडामा समेत सहयोग गर्दे आएका छन् ।

उनको सामाजिक भावनाका कारण पनि अमेरिकामा मात्र नभई नेपालमा भएका दैबीप्रकोप बाट पीडितहरूलाई सायता रकम सङ्कलन गरी सहयोग गर्ने कुरामा होस या अन्य कार्यमा पनि उतिकै सक्रिय रूपमा लागी पर्ने व्यक्तिको रूपमा पनि आफूलाई स्थापित गरेका छन् ।
उनी नेपाल अर्थात् आफ्नो जन्मभुमीसगं जोडिनका लागी कास्की आर्दश समाजको अन्तर्राष्ट्रिय समन्वय समितिको वरिष्ठ उपाध्यक्ष रूपमा काम गर्दे आएका छन् ।
हुन त सानै देखी सामाजिक रूपमा लागी परेका बुढाथोकी कास्कीमा पनि उतिकै रूपमा सक्रिय रहँदै आएका थिए ।
अमेरिकाम रहेका नेपाली र नेपालको लागी केही गर्ने सकिन्छ कि भन्ने उद्देश्यले नै एनआरएनएमा लागी परेका सम्मर बहादुर बुढाथोकी केही महिना पछि हुन लागेको एनआरएनए अमेरिकाको निर्वाचनमा न्युयोर्क क्षेत्रको क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने भएका छन् । उक्त निर्वाचनमा सबैको साथ पाउनेमा उनी दुक्क रहेका छन् ।