ला ग्राण्डीका विद्यार्थी दरबारथोक एड्भरटाईजिङमा

पोखरा । पोखराको सिमलचौरमा रहेको प्रतिष्ठित कलेज ला ग्राण्डी इन्टरनेशनलका विद्यार्थीहरुले पोखरामा विज्ञापन एजेन्सीका अवसर र चुनौतीको बारेमा अध्ययन गर्न दरबारथोक एडभरटाईजिङ एजेन्सीमा गएका हुन् ।

एजेन्सीका संचालक कृष्ण रानाभाटले पोखरामा विज्ञापनको वजार अत्यन्तै न्युन रहेको वताउँदै संघ संस्था र मिडियाको व्यक्तिगत तथा पुरानो सम्बन्धका कारण एजेन्सीको खासै आवश्यकता नदेखिएको वताए ।

ला ग्राण्डी कलेजमा विविए छैटौं सेमेस्टरमा मार्केटिङ मुल विषय लिई अध्ययरत अशोक घिमिरे, दिक्षांत पौडेल, अमिकबाबु तिवारीले अध्ययन पश्चात विज्ञापन क्षेत्रमा रोजगारी तथा लगानीको बारेमा समेत छलफल गरेका थिए ।

ला ग्राण्डी इन्टरनेशनल कलेजमा मार्केटिङ विषय अध्यापन गराउने शिक्षक विष्णु प्रसाल तिमिल्सिनाले विद्यार्थीहरुको अध्ययनमा सहयोग गरेकोमा विज्ञापन एजेन्सीलाई धन्यवाद व्यक्त गरेका थिए ।