भद्रकाली मन्दिरको विकासको लागि प्रदेश सरकार कटिबद्ध – मुख्यमन्त्री गुरूङ

मनोहरि पाैडेल,
पोखरा १४ चैत्र । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरूङले भद्रकाली मन्दिरको विकास र प्रर्वधनका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् ।

 

मुख्यमन्त्री गुरूङद्धारा पोखरा महानगरपालिका १२,१३ मा रहेको गणेश तथा भद्रकाली मन्दिर जाने पदमार्ग फुट ट्रैयाकको शिलान्यासको अवसरमा बोल्दै राम्रो काम गर्नको लागी भद्रकाली माईको दर्शन गर्न आफु आइपुगेको बताउदै प्रदेश र स्थानिय तहलाई केन्द्रले निकै कम बजेट दिने गरेको बताउदै काम गर्न निकै अ¥ठैयारो हुने गरेको बताए । गुरुङले आफ्नो प्रदेशको विकास गर्नको लागी आफु मुख्यमन्त्रीमा आएको बताउदै नत्र अहिलेको अवस्थामा आफुलाई नेपाल सरकारको उपप्रधानमन्त्री हुन कुनै अ¥ठैयारो नहुने बताए ।

 

शिलान्यास कार्यक्रममा गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका अध्यक्ष टिका वहादुर कार्कीले प्रदेश सरकारले ढिलै भए पनि धार्मिक क्षेत्रको विकासको लागी पहल गरेकोमा धन्यवाद प्रकट गद्र्रे पोखराको २०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक स्थल भद्रकाली मन्दिरको विकासको लागी सवैले आफ्नो आफ्नो क्षेत्रबाट सयोग गर्न आग्रह गरे ।
प्रदेश सरकारको २० लाख अनुदान र ११ लाख जन श्रमदानबाट करीव डेड सय मिटर पदमार्ग निर्माण गरीने गणेश तथा भद्रकाली मन्दिर सेवा समितिका सचिव योगेन्द्रमान श्रेष्ठले बताए ।