बुद्ध विशाल बजार व्यापारिक एशोशियसनको क्यालेन्डर बिमोचन

पोखरा १९ चैत

बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले २०७८ सालको क्यालेन्डर बिमोचन गरेको

क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका अध्यक्ष केशब बहादुर खत्रीले बुद्व विशाल बजारमाग्राहक बर्गलाई देखिएको पार्किङ समस्यालाई चाडैन समाधान गर्नको लागी एशोशियसनले पहल गरीरहेको बताउदै हाल रहेको पार्किङक्षेत्रलाई ग्राहक मैत्री पार्किङ क्षेत्र बनाइएको बताए अध्यक्ष खत्रीले ब्यवसायिक साथीहरूको हकहितको लागी गठन गरिएकोएशोशियसन सधै नै ब्यवसायी साथीहरूको साथमा रहिरहने बताए

कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका मानार्थ सदस्य सुदिप ढकालले संस्थालाई चलायमान बनाउनको लागी  यस्तानियमित कार्यक्रमहरू गरिरहनु पर्ने बताए

बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका महासचिव ईन्द्रराज अर्यालले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य क्यालेन्डरप्रकाशन समितिका संयोजक तथा उपाध्यक्ष शिव शर्माले गरेका थिए भने धन्यवाद ज्ञापन एशोशियसनका निर्वतमान अध्यक्ष प्रदिपकुमार मुल्मीले राखेका थिए