पोखरा वडा नं. २१ मा विवेकशील साझा पार्टीको समिति गठन

कास्की,

विवेकशील साझा पार्टी पोखरा महानगर समितिले पोखरा महानगर पालिका वडा नं. २१ मा छबे कामीको संयोजकत्वमा १९ सदस्यीय वडा समिति गठन गरेको छ। समितिको सहसंयोजकमा मनबहादुर सुनार रहेका छन् भने सचिवमा अर्जुन सुनार, सहसचिवमा युवराज पौडेल र कोषाध्यक्षमा महेन्द्र सुनार रहेका छन् । सदस्यहरूमा १५ जना स्थानिय युवा तथा महिलाहरू रहेका छन्।

 

 

सो भेलालाई सम्बोधन गर्दै विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रजनी केसीले विवेकशील साझा पार्टी जिल्ला र नगरमा मात्रै होइन, गाउँ गाउँमा पुग्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा विवेकशील साझा पार्टी जिल्ला संयोजक फणिन्द्र अधिकारी, जिल्ला सहसंयोजक जयन्ती मोक्तान, पोखरा महानगर समितिकी सहसंयोजक बिपना कुँवर, स्थानीय समाजसेवी क्याप्टेन दिलबहादुर थापा, युवा नेता राम पौडेल लगायतका नेताहरुले शुभकामना तथा बधाइ सन्देश राखेका थिए।

 

 

यसअघि पार्टीले गण्डकी प्रदेशका आधा दर्जनभन्दा बढी जिल्लामा समायोजन तथा बिस्तार गरेको थियो। पोखरा महानगरका बाँकी सबै वडामा समिति गठन गर्ने तयारीमा रहेको विवेकशील साझा पार्टी पोखरा महानगरका संयोजक अजय श्रेष्ठले जानकारी दिए।