अमेरिका १० करोड मानिसमा कोरोना खोप लगाउने पहिलो देश बन्यो

अमेरिका १० करोड नागरिकलाई कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउन सफल भएको छ।

अमेरिका १० करोड मानिसमा कोरोना खोप लगाउने पहिलो देश बनेको हो।

 

 

कोरोनाको तथ्यांक राख्दै आएको वेबसाइट वर्ल्डोमिटरका अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित राष्ट्र अमेरिका नै हो।

 

यहाँ हालसम्म कोरोनाबाट ३ करोड १३ लाख ५ हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ। ५ लाख ६७ हजारभन्दा बढी अमेरिकीको कोरोनाकै कारण ज्यान गएको छ।

हाल अमेरिकामा कोरोनाविरुद्धको खोप कार्यक्रम जारी छ। अमेरिकाले तीव्र गतिमा खोप कार्यक्रमलाई जारी राखेको छ। एससीएमपी