गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको पहलमा क्वीन्स अस्पतालमा भ्याक्सिन कार्यक्रम सम्पन्न।

गिरिजी प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरको विशेष सक्रिय र पहलमा न्युयोर्क आसपासमा रहेका नेपाली लगायत अन्य समुदायलाई आज अप्रिल ३ ,२०२१ शनिवारका दिन क्विन्स हस्पिटल जमैका न्युयोर्कमा वृहत् रूपमा एकमुस्ट कोभिड-१९ विरुद्ध खोप लगाउने अभियान उल्लेखनीय रूपमा सम्पन भयो।

दिउँसो १ बजेदेखि ५ बजेसम्म यस समुदायलाई लक्षित गरी वितरित खोप २७९ जनालाई लगाइएको कुरा यस संस्थाका अध्यक्ष श्री सोमनाथ घिमिरेले बत्ताउनुभयो। संभवत अमेरिकामा नेपाली सङ्घ-संस्थाहरु मध्ये गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टर नै पहिलो संस्था हो जसले २५० जना भन्दा धेरै नेपाली महानुभावहरूलाई एकै दिन क्वीन्स अस्पतालमा खोप लगाउन सफल भयो।

शेर्पा किदुग अमेरिका र घ्याल्सुम्दो सेवा संस्था अमेरिकाको समेत सहयोगमा फाउन्डेसन द्वारा वितरित फाराम भरी नामावली सङ्कलन गरिएको र सोही अनुसार व्यवस्थित रूपमा खोप लगाइएको कुरा यसै फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा बत्ताउनुहुन्छ। संस्थाका महासचिव छिरीगं राप्के लामाको नेतृत्वमा स्वयंसेवकका रूपमा कार्यसमिति सदस्यहरू क्रमशः रामचन्द्र अधिकारी, ध्रुव कुँवर क्षेत्री, प्रेम अधिकारी क्षेत्री, राजेश आचार्य, नेका युवा नेता विजय थुलुगं, समाजसेवी रमेस दर्नाल, कलाकार एवं लेखक पुष्कर बराल, वरिष्ठ लोक दोहोरी गायक विमल डाँगी लगायतले विशेष भूमिका निर्वाह गर्नुभएको थियो।

क्वीन्स अस्पतालका समुदाय बोर्ड सल्लाहकार समितिका अध्यक्ष एवं क्वीन्स डेमोक्र्याटीक डिस्ट्रिक्ट लिडर डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियरले फाउन्डेसनसँग हातेमालो गर्दै समुदाय स्तरमा सो खोप अभियान सञ्चालन गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो। स्मरण रहोस् डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियरकै पूर्ण सहयोगमा फाउन्डेसनले यो ऐतिहासिक पहिलो खोप कार्यक्रम भव्यताका साथ क्वीन्स अस्पतालमा सम्पन्न गर्‍यो।

यस भ्याक्सिन कार्यक्रमको अभियानमा क्वीन्स अस्पतालमा नेपाली समुदायका लागी मात्र भनेर छुट्टै सहायता केन्द्र (Help Desk) स्थापना गरिएको थियो र उक्त केन्द्रमा स्टेफन मनरो, सरोजीनी कुमार, डाक्टर राव र ग्रेगोरि माहाबी को सहयोग टोली रहेको थियो।

फाउन्डेसनले अप्रिलको अन्तिम हप्तासम्म क्रमशः हरेक शनिवारका दिन १ बजेदेखि ५ बजेसम्म यसरी नै अस्पतालसँग समन्वय गरी खोप वितरण गर्ने र सोका लागी प्रत्येक बुधवार ३ बजेसम्म संस्था वाट उपलब्ध फारम भरी आफ्नो कार्यालय ज्याक्सन हाईट्स न्युयोर्कमा बुझाउनुपर्ने कुरा संस्थाका कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले बत्ताउनुभयो। साथै संस्थाले अशक्त र अप्ठ्यारो परेका महानुभावहरूलाई अस्पताल सम्म निःशुल्क यातायात समेत व्यवस्था गरेको कुरा संस्थाका अध्यक्ष घिमिरेले जानकारी दिनुभयो।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिका च्याप्टरले डाक्टर ऐन्थोनि ऐन्ड्रीयु जुनियर, स्टेफन मनरो, सरोजीनी कुमार, डाक्टर राव र ग्रेगोरि माहाबी लाई धन्यवाद एवं आभार प्रकट गर्द छ।